images
images

डिपिएल २ : धनगढी टिम चौराहा दोस्रो पटक च्याम्पियन

धनगढी चैत ३०,प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको उपाधि टीम चौराहाले जित्न सफल भएको छ ।

धनगढीमा भएको फाइनल भिडन्तमा डिफेन्डिङ च्याम्पियन टीम चौराहाले काठमाडौँ गोल्डेन्सलाई २१ रनले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

डिपिएल क्रिकेट प्रतियोतिाको उपाधि भिडन्तमा टीम चौरहाले दिएको १८२ रनको चुनौती पछ्याएको काठमाडौँ गोल्डेन्स ८ विकेट गुमाउँदै १६० रनमा समेटिएपछि उपाधि लगातार दोस्रो पटक स्थानीय क्लबले जित्न सफल भएको हो ।

टीम चौराहालाई उपाधि दिलाउने क्रममा सुनिल धमलालले ६३ बलमा ७८ रनको योगदान दिए । उनले आफ्नो इनिङमा ८ चौका र ३ छक्का पनि प्रहार गर्न सफल भए ।

त्यसैगरी रोहन मुस्तफाले ४२ बलमा ६० रनको सानदार पारी खेले । त्यसैगरी नटआउट रहेका रोहन मुस्थपाले ४२ बलमा ६० रनको सानदार योगदान दिए । उनले ४ चौका र ८ चौका पनि प्रहार गरे ।

जवाफी ब्याटिङमा ओर्लेको काठमाडौँले सुरुमै विकेट गुमायो । उसले १२ रन बनाएको अवस्थामा सुवोध भाटी ४ बलमा ५ रन बनाएको अवस्थामा पेभेलियन फर्किए ।

काठमाडौँका लागि अमित श्रेष्ठले ३९ बलमा ५८ रनको सर्वाधिक पारी खेले । उनले ७ चौका र ३ छक्का हाने । त्यसैगरी कप्तान ज्ञानेन्द्र मल्लले २७ बलमा ३० रनको योगदान दिए । सन्नी पटेलले २२ रन बनाउँदै नरेश बुढाएेरले १९ रनको योगदान दिए ।

चौराहाका लागि ललित भण्डारीले ४ र रोहन मुस्ताफाले २ विकेट लिए । त्यसैगरी स‌ंसद शेख र योगेन्द्र सि‌ंह कार्कीको नाममा १/१ विकेट रह्यो ।

अन्नपुर्णपोष्टबाट