ताप्लेजुङ, चैत २:- ताप्लेजुङमा आफ्नै दाजुले चलाएको गोली लागेर भाईको मृत्यु भएको छ ।ताप्लेजुङको आठराइ त्रिवेणि गाउँपालिका वडा नं ३ हाम्पाङका २७ वर्षिय दाजु सुवास आङ्वुहाङले चलाएको गोली लागेर २२ वर्षिय भाई दिवस आङ्वुहाङको मृत्यु भएको हो ।
बिहिवार जंगलमा सँगै सिकार खेल्न गएका दाजुभाइमा सिकार खेल्ने क्रममा दाजुले गोली चलाउँदा भाईलाई लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।हाल घटनास्थलमा प्रहरी तैनाथ गरीएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


जनता भ्वाइस 








