images
images

चैतबाट नेपाल आईडल-२ को अडिसन शुरु हुँदै

काठमाण्डौ फाल्गुन २५,अन्तर्राष्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालिटी शो ‘नेपाल आईडल’ पहिलो सिजनको सफलतापछि यसको दोस्रो सिजनको लागि मिति र स्थान सार्वजनिक भएको छ । केही दिन अगाडि दोस्रो सिजन घोषणा गरेको एपिवान टेलिभिजनले अडिसन मिति र स्थान पनि सार्वजनिक गरेको हो ।

पहिलो सिजनमा देशभर ७ मुख्य शहरबाट उत्कृष्ट स्वर भएकाहरूले मौका पाएका थिए भने दोस्रो सिजनमा देशभर ६ शहरबाट उत्कृष्ट स्वर भएकाहरू छानिने छन् ।

आउँदो चैतमा भैरहवाबाट अडिसन हुने दोस्रो सिजनमा धेरैभन्दा धेरैले उत्साहजनकरुपमा सहभागिता जनाउने विश्वास लिईएको छ । पछिल्लो समय निकै लोकप्रिय क्यामेरा फोन ओप्पोले यसकाे मुख्य प्रायोजन गर्ने भएकाे छ । पहिलो सिजनमा पनि ओप्पो नै मुख्य प्रायोजक रहेको थियो ।