images
images

बारुणयन्त्र चालकलाई तालिम

बाँके फाल्गुन २२, प्रदेश नं ५ र कर्णाली प्रदेशका अग्नि नियन्त्रक र दमकल चालकका लागि उच्च तहको तालीम आयोजना गरिएको छ।

नगरपालिका क्षेत्रीय अध्ययन केन्द्रको आयोजनामा सञ्चालित १० दिने उक्त तालीममा एड्भान्स फायर फाइटिङ, उद्धार, हजमत ह्याण्डिङसम्बन्धी ज्ञान, दमकलको परिचालन, चुनौती, अग्नि नियन्त्रण, केमिकलबाट हुने आगलागी नियन्त्रण, मानव उद्धार, होज, पम्प, ल्याडरको प्रयोग, व्यक्ति सुरक्षा, सामग्रीको सही प्रयोगलगायत विषयमा तालीम दिइनेछ।

प्रशिक्षक एवं जुद्ध वारुण यन्त्रका पूर्व प्रमुख किशोरकुमार भट्टराईका अनुसार, सहभागीलाई अन्तक्र्रियात्मक, प्रदर्शन, परिदृश्य र प्रयोगात्मक रुपमा समेत प्रशिक्षित गरिनेछ । तालीममा बाँके, बर्दिया, सुर्खेत, दाङ र दैलखका उपमहानगरपालिका र नगरपालिकाका अग्नि नियन्त्रक र दमकल चालक गरी २५ जनाको सहभागिता छ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले तालीमको उदघाटन गर्दै आगलागीबाट जनधनको क्षति हुनबाट जोगाउन दमकलकर्मीलाई अनुशासित भएर भूमिका निर्वाह गर्न आग्रह गरे।रासस