images
images

‘कृ’ लाई टक्कर दिन्न आउदै छ ‘शत्रुगते’

काठमाडौं , फाल्गुण ६:- बर्षको प्रतिक्षित चलचित्र ‘शत्रुगते’ को पात्र पोष्टर सार्वजनिक भएको छ। चैत्र ९ गतेबाट रिलिज हुने चलचित्रको चार आकर्षक पोष्टर टौवा क्रिएसनका विजय वत्स्यालले तयार पारेका छन्।

पोस्टरका लागी श्रीधर पौडेलले तस्विर खिचेका छन् तीन पोस्टरमा चलचित्रको मुख्य तीन जोडी हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आंचल शर्माको जोडीलाई प्रस्तुत गरिएको छ। त्यस्तै अर्को पोस्टरमा चलचित्रका मुख्य कलाकारलाइ प्रस्तुत गरिएको छ।

चलचित्रका सार्वजनिक दुई गीत निकै हिट बनेका छन्। पोस्टरमा अभिनेत्री प्रियंका कार्की पुलिसको बर्दीमा देखिएकी छिन्।
मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा तयार भएको चलचित्र ‘शत्रु गते’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपाश्री निरौला, दीपकराज गिरी, प्रियंका कार्की, पल शाह , आंचल शर्मा, , किरण केसी, शिवहरी पौडेलको पनि अभिनय छ । चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका छन्।