काठमाडौं, माघ २५:- यस रकेटले फ्लोरिडाको त्यही ठाउँबाट उडान भरेको छ जहाँबाट चन्द्रमामा जाने पहिलो व्यक्तिले आफ्नो यात्रा सुरु गरेका थिए ।
इतिहास अब नयाँ तरिकाबाट लेखिँदै छ, लक्ष्य हो मङ्गल ग्रहको र उद्देश्य हो मानिस त्यहाँ पुग्नु ।
‘फाल्कन हेवी’ नामको यो विशाल रकेटले केप केनावेरालस्थित अमेरिकी अन्तरिक्ष संस्थान नासाको जन एफ केनडी स्पेसबाट मङ्गलबार उडान भरेको छ ।
यो रकेट एक प्राइभेट कम्पनी ‘स्पेस एक्स’ले सार्वजनिक गरेको हो।