images
images

‘पद्मावत’ फिल्म फेरी विवादमा, निर्देशक भन्सालीलाई सजाय दिने

काठमाडौं, माघ १९:- फिल्म ‘पद्मावत’ फेरी विवादमा तानिएका छन् । यो फिल्मले बक्स अफिसमा धमाका मच्चाइरहेको छन् । १५० करोड कमाउन तर्फा लागेको फिल्मले रानी ‘पद्मावती’को जीवनीलाई गलत तरिकाले देखाएको भन्दै राजपुत समाजको समूह करनी सेनले प्रदर्शन गरे पश्चात अझै भारतका केही हलहरूमा प्रदर्शन भएको छैन ।

उत्तरप्रदेशको मथुरा जिल्लामा रहेको ब्रजमण्डल क्षेत्रीय राजपुत महासभाका पदाधिकारीहरूले ‘पद्मावत’ निर्देशक सञ्जय लीला भन्सालीको टाउको काटेर ल्याउनेलाई चाँदीको थालीमा सजाएर उपहार स्वरूप ५१ लाख भारु इनाम दिने घोषणा गरेका भारतीय मिडियाले उल्लेख गरेको छ । उनीहरूले भन्सालीले इतिहासको तोडमोड गरेर राजपुतलाई तल देखाउने काम गरेको र रानी पद्मावतीको चरित्र हत्या गरेको आरोप लगाएका छन् ।

दीपिका फिल्म ‘पद्मावत’ पादुकोण, रणवीर सिंह र शाहिद कपूर स्टार रहेका छन् । राजपुत समाजले भन्सालीले गरेको गल्तीको सजाय दिएरै छोड्ने भारतीय मिडियामा रहेका छन् ।