काठमाडौँ, माघ १७:- विश्वव्यापी चर्चामा रहेको आजको चन्द्रग्रहण चितवनबाट पनि प्रष्ट रुपमा देखिएको छ । खग्रास चन्द्रग्रहण, सुपरमुन र ब्लु–मुन तीनवटै खगोलीय घटना एकैदिन परेकाले आज विश्वव्यापी चर्चामा रहेको थियो । यो १ सय ५२ वर्षपछिको दुर्लभ खगोलीय घटना हो ।
साँझ ५ बजेर ३३ मिनेटमा सुरु भई राति ८ बजेर ५६ मिनेटमा सकिने खग्रास चन्द्रग्रहण अवलोकन गर्न सकिएको थियो ।