बिटक्वाइनले अहिले संसारमा हलचल मचाइरहेको छ । बिटक्वाइनको मूल्य अत्यधिक बढ्नाले मान्छेहरु त्यस्तै खालका अन्य क्रिप्टोकरेन्सीतर्फ पनि आकर्षित हुँदैछन् । त्यसैकारण हाल इथेरियम, लाइटक्वाइन, रिपल जस्ता डिजिटल करेन्सीहरु लगातार माथि उक्लँदैछन् । यिनीहरुको गति देख्दा लाग्छ भविष्यका बिटक्वाइन हुनेछन् । यी ७ क्रिप्टोकरेन्सीहरुले भविष्यमा बिटक्वाइनलाई टक्कर दिन सक्छन् ।
१. इथेरियम
इथेरियम बिटक्वाइनको सबैभन्दा निकटतम प्रतिस्पर्धीका रुपमा देखिँदैछ । सन् २०१४ मा आएको इथेरियम अहिले दोस्रो सबैभन्दा मूल्यवान डिजिटल करेन्सी हो । बिटक्वाइन जस्तै यो पनि एक किसिमको ब्लकचेन नेटवर्क नै हो । बिटक्वाइन र इथेरियममा मुख्य भिन्नता उद्देश्य र क्षमताको हो । बिटक्वाइनले ब्लकचेनको प्रयोग बिटक्वाइन कुनकुन व्यक्तिसँग छ त्यो जान्ने उद्देश्यका लागि गर्छ भने इथेरियमले ब्लकचेनको माध्यमद्वारा विकेन्द्रीकरण ऐप्लिकेसनहरु बनाइन्छन् ।
२. रिपल
कतिपय इन्डस्ट्री एक्सपर्टहरुको दृष्टिमा रिपल बिटक्वाइनको उत्तराधिकारी हो । सन् २०१२ मा बिटक्वाइनका पूर्व डेभलेपरहरुले रिपल लन्च गरेका थिए । यो एउटा स्टार्टअप हो । यसको वेबसाइटमा भनिएको छ– रिपल एक ब्लकचेन प्रविधि हो जसले बैङ्क, पेमेन्ट प्रोभाइडर, डिजिटल ऐसेट एक्सचेन्ज र कम्पनीहरुलाई जोड्छ । यो स्टार्टअप रिपलको नामले पेमेन्ट नेटवर्क पनि चलाउँछ । रिपलको क्रिप्टोकरेन्सी एक्सआरपी हो ।
३. लाइटक्वाइन
गत डिसेम्बर २०१२ सम्म लाइटक्वाइनको मूल्य ५ हजार ७ सय प्रतिशत बढिसकेको थियो जबकि त्यस अवधिसम्म बिटक्वाइन १ हजार ५ सय ५० प्रतिशत मात्र बढेको थियो । यो पियर–टु–पियर क्रिप्टोकरेन्सी हो जसलाई गुगलका पूर्व कर्मचारी र क्वाइनबेसमा इन्जिनियरिङका पूर्व निर्देशक चार्ली लीले बनाएका थिए । प्राविधिक सञ्चालनका हिसाबले लाइटक्वाइन बिटक्वाइनसँग धेरै मिल्दोजुल्दो छ ।
४. जेडक्यास
जेडक्यास नै पहिलो परमिसनलेस क्रिप्टोकरेन्सी हो जुन ट्रान्जेक्सनलाई पूर्णरुपले सुरक्षित राख्छ भन्ने दाबी गरिएको छ । बिटक्वाइनको जस्तै जेडक्यास पनि ब्लकचेन आधारित करेन्सी हो । अक्टोबर २०१६ मा लन्च भएको यो डिजिटल मुद्राको मनिटरी बेस पनि बिटक्वाइनकै बराबरी छ ।
५. ड्याश
ड्याश बिटक्वाइनको अर्को कडा प्रतिस्पर्धी डिजिटल मुद्रा हो । यो एउटा ओपन सोर्स पियर–टु–पियर क्रिप्टोकरेन्सी हो । ड्याशको प्रयोग त्वरित, अनलाइन वा इन–स्टोर निजी पेमेन्टका लागि गरिन्छ । यसका लागि विश्वभरिका हजारौं प्रयोगकर्ताहरु सिक्योर ओपनसोर्स प्लेटफर्मको प्रयोग गर्छन् ।
६. मोनेरो
मोनेरोका बारेमा भनिन्छ– यो सुरक्षित, निजी र अज्ञात क्रिप्टोकरेन्सी हो । यसको थालनी अप्रिल २०१४ मा भएको हो । मोनरोका डेभलेपरहरुले यसको नेटवर्कमा हुने ट्रान्जेक्सनको शुल्क ८० प्रतिशतसम्म कम गर्ने प्रयास गरिरहेका छन् ।
७. आईओटीए
आईओटीए पनि उच्च गतिमा बढिरहेको छ । यसको बजार पुँजी ०.७५ लाख करोड रुपैयाँको हाराहारी छ । बिटक्वाइनको डेभलपमेन्टपछि आईओटीएले तेस्रो पुस्ताको ब्लकचेनको प्रतिनिधित्व गर्छ ।