images
images

नाट्टाको अध्यक्षमा पाण्डे, पर्यटनमा टेवा पुग्ने कार्यक्रम ल्याउने घोषणा

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) को अध्यक्षमा सिएन पाण्डे विजयी भएका छन् ।

शुक्रबार राती नाट्टाको ५१ औं साधरणसभापछि भएको निर्वाचनमा पाण्डेले आफ्ना प्रतिद्धन्द्धी दीपेन्द्रकुमार शर्मालाई ६ मतले पराजित गर्दै जीत हासिल गरेका हुन् । कुल ४६७ मतमा ४ सय २० मत खसेको थियो । जसमा पाण्डेले २१२ र शर्माले २०६ मत प्राप्त गरेका थिए ।

यसैगरि प्रथम उपाध्यक्ष अच्युत शर्मा गुरागाईं, द्धितीय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा रमेश थापा, सचिवमा सविता भट्टराई, कोषाध्यक्षमा रामप्रसाद श्रेष्ठ र सहकोषाध्यक्षमा सुरेन्द्र भट्टराई विजयी भएका छन् ।

यस्तै सदस्यमा राजु ढकाल, सुदर्शन नेपाल, देवकी गुरुङ, फुरी ग्याल्जेङ शेर्पा, अमृतकुमार ढकाल, रमेश पौडेल, इनु थापा र गीता ढकाल निर्वाचित भएका छन् ।
निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष पाण्डेले सबै व्यवसायीलाई मिलाएर नेपालको पर्यटन क्षेत्रमा थप टेवा पु¥याउने कार्यक्रम ल्याउने बताए । निर्वाचनमा दुई समुह भएपनि चुनावपछि अब कुनै समुह नरहेको र सबै व्यवसायीलाई फाइदा पुग्ने काम नयाँ समितिले गर्ने उनले बताए ।

नवनिर्वाचित सदस्य राजु ढकालले नयाँ समितिमा सबै व्यावसायिक साथीहरु आएकाले यो कार्यकालमा उदाहरणिय काम हुने बताए । ‘हामीले सरकार, निजीक्षेत्र र अन्तराष्ट्रिय समुदायसँग मिलेर नेपालको पर्यटनमा नयाँ आयाम ल्याउने कार्यक्रम ल्याउँछौं,’ उनले भने ।