जितपुर(कपिलवस्तु) १६ माघ ।
शहिद दिवसको अवसरमा बाणगंगा वेलफेयर सोसाइटीले पनि एक कार्यक्रमको आयोजना गरि मनाएको छ । वेलफेयरले क्लवका सल्लाहकार शहिद राजेन सेनका साथै देशभरका ज्ञात अज्ञात शहिदहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो । नेपाल सरकारले राजेश सेनलार्ई यही गत जेठ ९ गते शहिद घोषणा गरेको थियो भने अज्ञात समुहको गोली प्रहारबाट २०७२ सल माघ २८ गते मृत्यु भएको हो ।
तत्कालिन बाणगंगा नगर तरुणका अध्यक्ष रहेका उनी यस क्षेत्रका युवा नेतृत्वका रुपमा चिनिएका थिए । चार नः जितपुरमा आयोजित दिप प्रजवलनपछिको कोणसभामा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य अत्तहर कमाल, तरुण दल जिल्ला सभापति खोम बहादुर सिह शतिm ठकुरी, क्षेत्रीय सभापति तिलक थापा क्लवका अध्यक्ष राज कुमार खाण महासचिव बुद्धि बहादुर रोका दिनेश बिद्यार्थी नेता चन्द्रकान्त पोखरेलले लगायतले बोल्दै सेनले यस क्षेत्रलाई बन्द निशेधित क्षेत्र घोषणा गर्ने नेतृत्वमा गरेकै कारण मर्नु परेको र अव क्लव बाणगंगा नगरपालिकालाई बन्द निशेधित क्षेत्र घोषणा गर्न पहल गर्ने बताएका छन ।