images
images

राष्ट्रियसभा निर्वाचनका लागी नमुना मतपत्र सार्वजनिक

काठमाण्डौ माघ १५, आगामी माघ २४ गते सम्पन्न हुन गईरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागी निर्वाचन आयोगले (निर्वाचन २०७४ को) नमुना मतपत्र सार्वजनिक गरेको  छ ।

आयोगले निर्वाचनका लागि चार प्रकारको आठवटा नमुना मतपत्र सार्वजनिक गरेको हो । प्रदेश सभा सदस्यका लागि  स्थानीय तहका प्रमुख,उपप्रमुख वा अध्यक्ष उपाध्यक्षको लागि, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायको सदस्य निर्वाचित गर्न प्रदेश सभा सदस्यका लागि, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समुदायका सदस्य निर्वाचित गर्न स्थानीय तहका प्रमुख उपप्रमुख वा अध्यक्षउपाध्यक्षका लागि, दलित सदस्य निर्वाचित गर्न प्रदेश सभा सदस्यलगायतका लागि मतदान गर्न चार प्रकारका आठवटा मतपत्र सार्वजनिक गरिएको हो ।

नमुना मतपत्र हेर्नुहोस् ।

राष्ट्रियसभा निर्वाचनमा चार प्रकारका आठ मतपत्र

राष्ट्रिय निर्वाचन प्रदेश नं. १ को विराटनर, २ को जनकपुर, ३ को हेटौँडा, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को धनगढीमा हुनेछ ।