images
images

पशुपतिनाथ क्षेत्र नशामुक्त गर्ने घोषणा

काठमाण्डौ माघ १५,के तपाई शिवरात्रीमा गाजाको मज्जा लिने सोचमा हुनुहुन्छ ?  हुनुहुन्छ भने अब त्यो सोचलाई सधैको लागी बिर्सनु होस किन कि कोषले नजिकै गरेको शिवरात्रीमा भारतको बिभिन्न स्थानबाट जोगीको रुप धारण गरेर आउने साघुहरुले बिभिन्न प्रकारका नसालु पदार्थ गाँजा, भाङ, धतुरो, चरेसलगायत लागूपदार्थको बेजबिखन गर्ने गरको खुल्न आए पछि पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ क्षेत्रलाई नसामुक्त बनाउने घोषणा गरेको छ। पवित्र तीर्थस्थल पशुपतिनाथ क्षेत्रमा महाशिवरात्री बाहेक पनि जोगीले लुकिछिपी युवालाई गाँजा, भाङजस्ता नसालु पदार्थ बिक्रीवितरण र सेवन गरेपछि विकृति अन्त्य गर्न कोषले यस्तो निर्णय गरेको हो ।

SONY DSC

कोषले गत मंसिर २० देखि नै महानगरीय प्रहरी वृत्त गौशालाको सहयोगमा बिहान, दिउँसो र राति छापा मार्दै आएको छ। कोषका निर्देशक भोलाप्रसाद सिटौलाले भने, ‘सशस्त्र प्रहरी, जनपद प्रहरी, कर्मचारी,पदाधिकारी सबै मिलेर पशुपतिनाथ क्षेत्रका जोगीका अखडा, पाटीपौवा, गुफा, ओढारलगायत ठाउँमा २४ घन्टाजस्तै अनुगमन गर्दा अत्यधिक विकृति पाएपछि आजैदेखि यस्ता चिजमा प्रतिबन्ध लगाएका हौं।’ कोषले महाशिवरात्रीको मुखमा पशुपतिनाथ क्षेत्रमा गाँजा, भाङलगायत नसालु पदार्थ बिक्रीवितरण र सेवन नगर्न सबैसँग अनुरोध पनि गरेको छ ।

वृत्तका डीएसपी अनुपम श्रेष्ठले हालसम्म २ सय ७९ जना पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार ३४ जनालाई लागूऔषधअन्तर्गत र १ सय ५० जनालाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको छ। अनुगमन र पक्राउ जारी रहेको जानकारी दिँदै उनले भने, ‘डेढ सय जति बालबालिका, मानसिक रोगी, दीर्घ रोगी, अपांगता भएकाजस्ता छन्, केहीलाई सम्बन्धित ठाउँमा जिम्मा लगायौं भने केहीलाई कसरी व्यवस्थापन गर्ने खोजीमा छौं।’

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले सबै प्रतिबन्धित नसालु पदार्थ पशुपतिनाथ क्षेत्रमा सेवन र बिक्रीवितरण गर्न प्रतिबन्ध लगाइएको जानकारी दिए। कोषले साधुसन्तसँग पनि पशुपतिनाथ क्षेत्रभित्र गाँजा, भाङलगायत नसालु पदार्थ सेवन नगर्न पनि आग्रह गरेको उनले बताए। पशुपतिनाथ क्षेत्रलाई धार्मिक क्षेत्रकै रूपमा विकास गर्न पनि नसालु पदार्थ सेवनमा प्रतिबन्ध लगाउनु परेको उनको स्पष्टोक्ति छ। पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रीमा खुलेआम गाँजा, भाङलगायत नसालु पदार्थ सेवन हुने गरेको छ । यस बर्ष भनि त्यसलाई पुर्ण नियन्त्रण गर्ने प्रहरीको भनाई छ ।