images
images

प्रदेश पाँचबाट निर्वाचित संसदलाई सपथ

 बुटवल माघ ७, प्रदेश सभा सदस्यहरुले पद तथा गोपनीयताको सफत ग्रहण गरेका छन् । सांसदहरुले प्रदेश प्रमुखको उपस्थिीतमा आईतबार ज्येष्ठ सदस्यबाट सपथ ग्रहण गरेका हुन् ।

पाँच नम्बर प्रदेश सभाका सदस्यहरुको लागि बुटवल उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरिएको कार्यक्रममा प्रदेश प्रमुख उमाकान्त झाले पहिले जेष्ठ सदस्य बलदेव शर्मा पोखरेललाई सपथ ग्रहण गराउनु भएको थियो । त्यस लगत्तै जेष्ठ सदस्य पोखरेलले पाँच नम्बर प्रदेशका प्रदेश सभा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।

पाँच नम्बरका प्रदेश प्रमुख झाले रुपन्देही व्यापार संघमा व्यबस्था गरिएको प्रदेश प्रमुखको कार्यालयमा आईतबार नै कार्यभार सम्हानु भएको हो । उहाँले कार्यभार सम्हालेलगत्तै बुटवल उद्योग बाणिज्य संघको सभाहल (प्रदेश सभा स्थल) मा प्रदेशसभाका ज्येष्ठ सदस्य पोखरेललाई शपथ खुवाउनु भएको थियो ।

सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल अब प्रदेशसभा अध्यक्षको हैसियतमा प्रदेश सभाका ज्येष्ठ सदस्य पोखरले सभा सञ्चालन गर्नुहुनेछ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार सपथ ग्रहणमा ८५ जना सदस्य सहभागि थिए । पाँच नम्बर प्रदेशमा ५२ जना प्रत्यक्ष निर्वाचित सदस्य र ३५ जना समानुपातिकबाट निर्वाचित प्रदेश सदस्य छन् ।

जसमध्ये दुई जना समानुपातिकबाट निर्वाचित सदस्य कार्यक्रममा सहभागि भएनन् । सपथ ग्रहण कार्यक्रममा समानुपातिक तर्फबाट एमालेबाट निर्वाचित अर्घाखाँचीकी जल्पा भुसाल र राजपाबाट समानुपातिकबाट निर्वाचित रुपन्देहीकी विन्दु पन्त उपस्थित भएका थिएनन् ।