२०७४ वैशाख २७– दोलखामा एमाले कार्यकर्ता कुलबहादुर तामाङ हत्या प्रकरणमा माओवादी केन्द्रकी नेतृ एवं पूर्वराज्यमन्त्री देवी खड्कालगायत ४९ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
तामाङका बुवा ५७ वर्षीय गोरे तामाङले खड्कासहित उनका भाइ एवं माओवादी जिल्ला इञ्चार्ज विशाल खड्का, ढालबहादुर खड्का, गंगा कार्कीलगायतविरुद्ध किटानी जाहेरी दिएका हुन् ।
दोलखामा माओवादी कार्यकर्ताको आक्रमणमा मंगलबार साँझ एमालेका गौरीशंकर गाउँपालिका– २ का वडाध्यक्षका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुरको मृत्यु भएको थियो ।
घटना सम्वन्धमा थप अनुसन्धान भैरहेको प्र.ना.उ.रबिन कार्कीले जानकारी दिनु भयो ।