images
images

मुसलमान बस्तीमा आगलागी,४० घर जलेर नष्ट : सुनसरी

२०७३ चैत्र ३० – सुनसरीको कोशी गाउँपालिका–५ मलदैया टोलमा रहेको मुसलमान बस्ती भिषण आगलागी भएको छ। आगलागीबाट ४० घर जलेर नष्ट भएका छन्। बिहीबार मध्यान्ह स्थानीय मनेरु मियाँको घरमा खाना पाउने क्रममा लागेको आगो बस्तीमा सल्किदा ४० घर जलेर नष्ट भएको सुनसरी प्रहरी प्रमुख पोषराज पोखरेलले जानकारी दिनुभयो ।

आगलागी सुरु हुनासाथ दमकल बोलाइएपनि समयमा आइ नपुगेपछि आगो नियन्त्रणमा समस्या भएको स्थानीयबासिन्दाले बताएका छन्। आगो नियन्त्रणका लागि प्रहरी नायव उपरीक्षक प्रविण धितालको नेतृत्वमा प्रहरी परिचालन गरिएपनि अझै नियन्त्रणमा आउन सकेको छैन।

मोरङको विराटनगर, सुनसरीको इनरुवा र सप्तरीको राजविराजबाट मगाइएका दमकलले आगोको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ। आगलागीबाट एक करोड रुपैयाँ भन्दा बढीको क्षति भएको प्राररम्भिक अनुमान छ। क्षतिको थप विवरण भने आउन बाँकी छ।