images
images

मुग्लिन-नारायणघाट सडकखण्डको घुमाउनेमा ढिस्को झरेर सवारीसाधन पुरिँदा १ को मृत्यु

ढिस्को झरेपछि सवारी आवागमन ठप्प

 २०७३ चैत्र २१,- चितवनको नारायाणघाट–मुग्लिन सडक खन्डमा पर्ने घुमाउने भन्ने स्थानमा सडक माथिबाट माटोको ढिस्को खसेर केही गाडीलाई पुर्दा हालसम्म एकजनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

बिहान १० बजेतिर सडक माथिबाट ठूलो ढिस्को झरेर एउटा जीप, ट्यांकर, ट्रक र दुईवटा बाइक पुरेको मुग्लिन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले मुग्लिन तर्फबाट गएको एस्काभेटरले पुरिएका गाडीहरुलाई निकाल्ने प्रयास गरिरहेको छ ।  ढिस्को झरेपछि सवारी आवागमन ठप्प भएको छ ।