images
images

रसुवागढी नाका तीन दिनका लागि बन्द

२०७३ चैत्र १५ – नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्रै व्यापारिक नाका रसुवागढीमा आइतबारदेखि सवारी आवतजावत बन्द भएको छ । चीनको ठोङ्सामा सुक्खा पहिरो गई बाटो अवरुद्ध भएपछि रसुवागढी नाकामा सवारी आवतजावत बन्द भएको हो ।
केही दिनअघि हिमपहिरो गएकै ठाउँमा पुनः सुक्खा पहिरो गई बाटो अवरुद्ध भएको र बाटो खुलाउन विस्फोट गर्नुपर्ने भएकाले तीन दिन सवारीसाधन रोक्न चिनियाँ पक्षले आग्रह गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धु्रवप्रसाद सिलवालले बताए । उनले भने, ‘केही दिनअघि पनि ठोङ्सामा हिमपहिरो जाँदा नाका अवरुद्ध भएको थियो । अहिले पनि सोही ठाउँमा सुक्खा पहिरो गएको र ब्लास्टिङ गरेर सडक सुचारु गर्नुपर्ने जानकारी आएको छ ।’

 

सयौँ कन्टेनर रसुवामा अलपत्र
चीनतर्फको अवरुद्ध बाटो बुधबार बिहानबाट सुचारु हुने चिनियाँ पक्षले जानकारी दिएको प्रहरी निरीक्षक सिलवालले बताए । सवारी आवतजावत बन्द भएपछि चीन जान लागेका सयभन्दा बढी कन्टेनर रसुवाका विभिन्न स्थानमा रोकिएका छन् । सिलवालले भने, ‘केरुङतर्फ जान लागेका सयभन्दा बढी कन्टेनर जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुलगायत स्थानमा रोकिएर बसेका छन् ।