images
images

ओलीसँग भारतीय राजदूत सिंहको पहिलो भेट

 

२०७३ चैत्र १४ – नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले आफ्नो भेट प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएको भोलिपल्ट राजदूत पुरी एमाले अध्यक्ष ओलीलाई भेट्न सिंहदरबार पुगेका हुन्।

राजदूत पुरीसँग एमाले संसदीय दलको कार्यालयमा जारी भेटवार्तामा एमाले अध्यक्ष ओलीसहित प्रमुख सचेतक भानुभक्त आचार्य सहभागी छन्। संविधान घोषणा गरेपछि भारत र एमालेबीच चिसिएको सम्बन्ध सुधार गर्ने प्रयास स्वरुप यो भेटलाई लिइएको छ।