इजिङमा राष्ट्रपतिसहितसँग भेटघाट कार्यक्रम तय भएको छ
२०७३चैत्र १२,- साताब्यापी चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल बेइजिङ पुगेका छन् । उनी बोआओ फोरम सहभागी भएर राजनीतिक भेटघाटलगत्तै बेइजिङ उडेका थिए ।
प्रधानमन्त्रीलाई बेइजिङमा चिनियाँ परराष्ट्र मन्त्रालय र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका अधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । बेइजिङस्थित नेपाली दुतावास अधिकारी र अन्य नेपालीलाई समेत प्रधानमन्त्रीलाई स्वागत गरेका थिए ।
प्रधानमन्त्रीलाई बेइजिङको ‘दियायुताई स्टेट गेष्ट हाउस’ मा राखिएको छ । उनी त्यहाँ पुगेर अहिले नेपाली दूतावास बेइजिङले आयोजना गरेको रात्री भोजमा सहभागी हुन पुगेका छन् । उनले त्यहाँ नेपालका लागि चीनका पूर्वराजदूत, नेपाल मामिला विज्ञहरु, नेपाली समुदाय र सञ्चारकर्मीहरुमाझ सम्बोधन गर्नेछन् ।
आइतबार उनले चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम र अवलोकन कार्यक्रम छ । प्रधानमन्त्रीले बेइजिङमा रहँदा एक टेलिभिजनलाई अन्तर्वार्ता पनि दिनेछन ।
सोमबार उनले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटघाट गरेर त्यहाँबाट चेन्दु उड्ने कार्यक्रम छ । उनले शनिबार विहान बोआओ फोरमका सम्बोधन गरेका थिए ।