images
images

अधुरै छन् जनताका सपना -गिरिजाप्रसाद को सम्झना

चैत्र ७, २०७३ नेपाली कंग्रेसका तात्कालिन सभापति तथा पुर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको सातौँ  स्मृती दिवस आज, कांग्रेस र उसका भ्रातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी उहाँको सम्झना गर्दैछन् । उनीहरुले आज देशैभर विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । २०६६ साल चैत्र ७ गते कोईरालाको ८५ वर्षको उमेरमा निधन भएको थियो । चार पटक नेपालका प्रधानमन्त्री भएका कोईरालाको नेतृत्वमा तत्कालीन विद्रोही नेकपा माओवादीलाई मुलधारको राजनीतिमा ल्याउदै राष्ट्रिय राजनीतिको कोशेढुंगाका रुपमा रहेको बिस्तृत शान्ति सम्झौता भएको थियो । गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री कोईरालाको नेतृत्वमा शान्ति प्रक्रियाबारेको सहमतिको खाका तयार पारिएको थियो । शान्ति प्रक्रिया, संविधानसभा निर्वाचन हुँदै मुलुकले गणतन्त्र नेपालको संविधान पाएपनि त्यसको कार्यान्वयन भने अझै अन्योलमा नै छ ।

पहिलो संविधानसभा निर्वाचनपछि कांग्रेस दोस्रो शक्ति बनेपछि तात्कालिन नेकपा माओवादी नेतृत्वमा बनेको सरकारलाई साथ र समर्थन गर्दै कोईरालाले संविधान निर्माणको क्रमको थालनी गर्नुभएको थियो । संविधानका अन्तरबस्तुमा सहमतिको पहल जारी रहेका समय २०६६ सालमा उहाँको निधन भएपछि कुशल नेतृत्वको अभावमा मुलुकले ६ बर्षपछि मात्र संविधान पाएको थियो । २००७ सालको राणा बिरोधी आन्दोलनमा सहभागी गिरिजाप्रसाद कोईरालाले २०४७ सालको जनआन्दोलन, ०६२–०६३ को आन्दोलनको नेतृत्वमात्र गनुभएन प्रजातन्त्र प्राप्तीपछिका हरेक राजनीतिक घटनाक्रमलाई सहज अवतरण गराउन नेतृत्वदायी भूमिका समेत निभाउनु भयो । पार्टी भित्र होस वा राष्ट्रिय राजनीतिका बिषयमा किन नहुन्, कोईरालाले लिने अडान र निर्णयबारे बिरोध समेत हुने गरेको थियो ।    कोईरालाको जन्म १९८१ साल असार १८ गते भारत विहारको सहरसा जिल्लाको टेडीमा भएको थियो । साभार – कान्तिपुर दैनिक