images
images

११ तोप राष्ट्रिय सम्मानसहित गौतमको आज अन्त्येष्टि गरिदैं

भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट गत बिहीबार मृत्यु भएका कञ्चपुर पुनर्बासका गोविन्द गौतमको आज (आइतबार) राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । उनलाई सहिद घोषणा गर्दै सरकारले उनलाई ११ तोपको सलामी दिने निर्णय गरेको छ । राष्ट्रिय सम्मानको विषयमा सरकारले निर्णय नगर्दा शनिबार गरिने भनिएको अन्त्येष्टि स्थानीयले स्थगित गरेका थिए । सरकारले मृतकका परिवारलाई १० लाख रुपैया दिने  सहमति भए लगतै नेपाल प्रहरीले ११ तोप सहितको राष्ट्रिय सम्मानका साथ आज आइतबार अन्त्येष्टि गर्ने निश्चित भएको हो ।