फाल्गुन २८, २०७३- काठमाडौंको बालाजुमा अपरिचित समूहले साझा बसमा आगजनी गरेको छ ।
बालाजु बसपार्कदेखि विमानस्थलका लागि छुट्न लागेको बा४ख ५६४८ नम्बरको बसमा आगजनी गरेको साझा यातायातले जनाएको छ ।
- चालकसहित बस कर्मचारी भने खाना खान निस्किएका थिए ।
- आगजनीबाट बसको भित्री भाग जलेको छ ।
- प्रहरीले आगोलाई समयमै निभाए ।
- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द आह्वान गरेकाले उसैले आगजनी गरेको हुन सक्ने अनुमान गरिएको छ ।