images
images

जुम्लामा बिहानैदेखि हिमपात

फाल्गुन २७, २०७३- जुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भएको छ । कान्तिपुर दैनिक का अनुसार  बिहीबार रातिदेखि पानी पर्न थालेपछि शुक्रबार बिहानैबाट हिमपात भइरहेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । हिमपात भइरहँदा जुम्लामा अधिक चिसो बढेको छ । चिसोका कारण विद्यालय बन्द भएका छन् भने सरकारी कार्यालयमा समेत सेवाग्राहीहरु गएका छैनन् । बजार बन्द छ । अस्पतालमा विरामीलाई चिसोका कारण समस्या भएको छ भने बालिलाई फाइदा पुग्ने कृषि विकास कार्यालयले जनाएको छ ।