images
images

सप्तरी घटनाबारे गृहमन्त्रीद्वारा दु:ख व्यक्त

फाल्गुन २५ , २०७३- सोमबार सप्तरीमा भएको गोली प्रहारबाट तीन जनाको मृत्यु भएपछि न्यायिक छानबिनको माग गर्दै प्रदेश नम्बर २ का सांसदहरुले गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेका छन् । भेटमा संसदहरुले हत्याको घटनाबारे दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

भेटमा उपप्रधान एवं गृहमन्त्री निधिले घटनाप्रति दु:ख व्यक्त गर्दै भने, ‘स्थिति सहज अवस्थामा फर्काउन सबैको सहयोग आवश्यक छ ।’ संसदहरुले एमाले नेताहरुको मधेसीविरोधी उत्तेजक अभिव्यक्तिका कारण जनता आन्दोलित भएको बताए । उनीहरुले मृतकका परिवारलाई सहिदसरह क्षतिपूर्ति र घाइतेको नि:शुल्क उपचारको व्यवस्था हुनु पर्ने माग पनि गरे ।

मंगलबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकले सप्तरी घटनाबारे आवश्यक निर्णय लिने बताउँदै गृहमन्त्री निधिले घाइतेको उपचारको व्यवस्था मिलाउन आफूले निर्देशन दिइसकेको बताए ।