images
images

३३१० नोकिया फेरी बजारमा आउने

इतिहास बनिसकेको नोकिया ३३१० मोडल फेरी बजारमा आउने भएको छ । २६ फ्रेव्रुअरीमा हुने वर्ल्ड मोबाइल कांग्रेसमा नोकियाले ३३१० मोडललाई फेरि सार्वजनिक गर्न लागेको हो । उक्त फोन सेटको मुल्य करिब ६४ सय पर्ने अनुमान गरिएको छ । यो फोन सेट पहिलो पटक सन् २००० मा सार्वजनिक भएको थियो । सुरुवाति दिनमा यो फोन निकै लोकप्रिय थियो। स्मार्टफोन आउन लागे पछि बिस्तारै बिस्तारै नोकिया ३३१० बजारबाट विस्थापित भयो । पहिलो पटक यो फोन सेट प्रयोग गरेकाहरु यो खबरले ‘नोस्टालोजिक’ हुने छन् । सामाजिक सञ्जालमा समेत यसको चर्चा भइरहेको छ । बीबीसी