गनु डंगोल, सोनाम तामाङ र दुर्गाबहादुर तामाङले भालुको पित्त बेच्न हिँडेको सूचनाका आधारमा महाशाखाले तीनैजनालाई स्वयम्भूबाट पक्राउ गरेको हो । महाशाखाले आवश्यक कारबाहीका लागि पक्राउ परेकाहरुलाई जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ ।
सोनाम रालुकादेवी र दुर्गाबहादुर मदानपुर नुवाकोटका हुन् भने डंगोल ललितपुर जिल्ला कार्यबिनायक नगरपालिका खोकनाका बासिन्दा हुन् ।