images
images

कटारीमा एचपिभी खोप अभियान सुरु

कटारी /कटारी नगरपालिकामा आज देखि पाठेघरको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउन सुरु गरिएको छ । आज नगरपालिका भित्रका सवै खोप केन्द्रहरुबाट एकै साथ अिभियानको उदघाटन गरिएको हो ।
त्रिवेणी मावि खोप केन्द्रबाट नगरपालिकाका मेयर राजेशचन्द श्रेष्ठ , उपमेयर गिता खड्का , कटारी अस्पत्तालका मेडिकल सुपरिडेन्डेट डा.गौरब साह , नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुरेस दाहाल लगायतको उपस्थितिमा अभियानको सुरुवात गरिएको हो ।
कार्यक्रममा मेयर श्रेष्ठ , उपमेयर खड्का द्धारा स्वास्थ्यकर्मीहरुलाई खोप वक्स हस्तान्तरण गर्दै अभियानको सुरुवात गरिएको हो ।

नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाहरुको मृत्यु हुने भएकोले सवै लक्षित समूहलाई ढुक्कले यो खोप लगाउन मेयर श्रेष्ठले आग्रह गर्नुभयो । त्यसैगरी उपमेयर खड्काले यो खोप अति नै आवश्यक रहेको बताउनुभयो ।कटारी नगरपालिकाको ६५ खोपकेन्द्रमा फागुन २ गतेसम्म खोप लगाईने स्वास्थ्य शाखा प्रमुख शुरेश दाहाले बताउनुभयो ।
कटारीमा करिव ४ हजार कक्षा ६ देखि १० सम्मको छात्राहरुलाई सँगै विद्यालय छाडेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप लगाईने भएको छ ।