images
images

मेयर राजेशचन्द्र श्रेष्ठ पुगे दुव्र्यहारमा परेका छात्र भेट्न , जनाए अध्ययनका लागि सहयोग गर्ने प्रतिवद्धता

कटारी/ शिक्षकबाटै दुव्र्यहारमा परेका कटारी नगरपालिका २ खोक्साका छात्र र अभिभावकलाई भेट्दै मेयर राजेशचन्द्र श्रेष्ठले अध्ययनका लागि आवश्यक सवै समस्या समाधान गरिदिने बताउनुभएको छ । आज कमला प्रावि खोक्सामा पुगेर मेयर श्रेष्ठले अभिभावकहरुको गुनासो सुन्दै विद्यार्थीहरुलाई पढ्ने वातावरण बनाउन नगरपालिका तयार रहेको बताउनुभयो ।
नगरभित्रका सवै वालवालिकाहरुलाई सहज किसिमले पढ्न सक्ने वातावरण तयार गर्नु नगरपालिकाको जिम्मेवारी रहेको बताउँदै मेयर श्रेष्ठले छात्रलाई आवश्यक सवैखाले सहयोगको प्रवन्ध र पढ्ने व्यवस्था मिलाउने बताउनुभयो । मेयर श्रेष्ठले छात्रकै घरमा पुगेर उनका अभिभावकहरुलाई भेटेर कुनै समस्या भए जानकारी गराए तत्काल समाधान गर्ने बताउनुभएको थियो ।
केहिदिन अघि कापी नलिई विद्यालय गएका कक्षा ३ मा अध्ययनरत एक छात्रलाई शिक्षकले नै दुव्र्यहार गरेका थिए । ७ वर्षिय छात्रलाई विद्यालयका शिक्षक नातीबाबु भट्टराईले कापी नलिई आएको भन्दै मार्करले निधार र गालामा ठूलो अक्षरमा ‘मेरो कापी छैन् ’ लेखेर विद्यालयबाट घर पठाईदिएका हुन् ।
घटनापश्चात नगरपालिकाले तुरुन्त शिक्षा ऐन र नियमावली अनुसार शिक्षक भट्टराईलाई कार्वाही गर्न निर्देशन दिएको थियो । निर्देशन बमोजिम आज विद्यालय व्यवस्थापन समितिको वैठकले शिक्षक भट्टराईलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक घमण्ड कटुवालले बताउनुभयो ।