कटारी/ उदयपुरगढी गाउँपालिका वडा नम्बर १ स्थित धुवाजन मावि विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ । विश्व वातावरण दिवशको अवसरमा धुवाजन मावि बाहुनीटारको आयोजना र धुवाजन विद्यार्थी समाजको सहयोगमा वृक्षारोपण गरिएको हो ।
विद्यालय परिसरमा विभिन्न जातका दुईसय विरुवाहरु रोपिएको समाजका अध्यक्ष केबी घलेले जानकारी दिनुभयो । आज भएको कार्यक्रममा वृक्षारोपणका लागि डिभिजन वन कार्यालय कटारी (त्रिवेणी)ले विरुवाहरु सहयोग गरेको थियो ।
त्यसैगरी यसै अवसरमा विश्व वातावरण दिवशको विषयमाथि विद्यालयका विद्यार्थीहरु वीच वक्तृत्वकला प्रतियोगिता समेत गरिएको थियो । आज भएको प्रतियोगितामा कक्षा १० का ओमबहादुृर परियार प्रथम कक्षा ९ का रविना रोका ँक्षेत्री दोस्रो कक्षा ९ कै कृष्णबहादुर खड्का तेस्रो र कक्षा १० का चन्दा पाचे मगरले सान्त्वना स्थान हासिल गरे ।
पुरस्कृतहरुलाई विद्यार्थी समाजका अध्यक्ष केबी घलेले पुरस्कार दिनुभयो । कार्यक्रममा विद्यार्थीहरुका साथै समाजका सदस्यहरुको सहभागिता रहेको प्रधानाध्यापक श्यामदेव यादवले बताउनुभयो । कार्यक्रमका अवसरमा प्रअ यादवले समाजका अध्यक्ष घलेलाई प्रशंसा पत्र सहित सम्मान गर्नुभएको थियो ।


जनता भ्वाइस 








