images
images

कटारीमा पनि उधौली मनाईयो ,पहिचान आन्दोलनमा पक्राउ परी रिहाई भएका दुईजनालाई सम्मान

जन्ताभ्वाईस सम्वाददाता
१० पुष , मंगलबार , २०८०
कटारी / आज कटारीमा पनि किरात राई समुदायले आप्mनो दोस्रो महाच चाड उधौली धुमधामका साथ मनाएका छन् । कटारी , ३ स्थित साकेला थानमा किरात राई यायोक्खा नगर कमिटी कटारीको आयोजनामा विगतमा जस्तै शुभकामना आदान प्रदान तथा साकेला नाच्दै उधौली मनाईएको हो ।
मंसिर पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किराँत राईहरूले धूमधामका साथ यो पर्व मनाईरहेका छन् । यस वर्ष मंसिरे पूर्णिमा पुषमा परेको हो । उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट वेंसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्त्राईएको खुसीयालीमा मनाइने गरिएको किरात राई संस्कृतिका अध्येता तथा किरात राई यायोक्खा उदयपुरका उपाध्यक्ष शुभराज राईले बताउनुभयो ।
‘प्रकृति पूजक किराँत समुदायले नदी तथा खोलामा माछा ओरालो (उँधो) धेरै पानी भएको ठाउँतिर बसाइँ सरेको समयलाई उधौली भनेको पाइन्छ ।’ राईले भन्नुभयो ,‘ भाषा, संस्कार तथा संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीका अवसरमा संसारभर छरिएर रहेका किराँतहरू आपसमा शुभकामना आदान–प्रदान गरी यो पर्व मनाउँदैछन् । ’
उधौलीका अवसरमा एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा साकेला नाचिन्छ । राईहरूले हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर विभिन्न शैलीमा साकेला नाचेर यो पर्व मनाउँछन् । पछिल्लो समय युवापुस्तामा साकेला उधौलीको आकर्षण बढ्दै गएको छ । आफ्नै भेषभूषामा ढोल, झ्याम्टाका साथ साकेला नाच्दै टोल–टोलमा यो पर्व मनाइन्छ । पूर्खौली थलो छाडेर अन्यत्र वसाई सरी आएका राई समुदायका युवा पुस्ताले पनि टोलटोलमा साकेला सिलीको प्रशिक्षण नै आयोजना गरेर यो पर्व मनाउने र सिलीको संरक्षणमा लागेका छन् ।
दुई पहिचान पक्षधर सम्मानित
आज उधौलीको अवसरमा सम्पन्न एक कार्यक्रममा कटारीका दुई पहिचानवादी नेता सम्मानित भएका छन् । गएको मंसिर २६ गते कटारीको घुर्मीमा एमालेका केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोजेको आरोपमा पक्राउ परेका किरात राई यायोक्खा उदयपुरका जिल्ला सदस्य निशान राई र विजय थापालाई किरात राई यायोक्खा कटारीले सम्मान गरेको हो ।
किराया कटारीका अध्यक्ष पदम राईको सभापतित्व र किराया उदयपुरका उपाध्यक्ष शुभराज राईको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी दुवैजनालाई सम्मान गरिएको हो । सम्मानपछी वोल्दै किराया उदयपुर सदस्य निशान राईले पहिचानको आन्दोलन जारी रहेको बताउनुभयो ।
कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनमा सवै किराती एकभएर अघि बढ्नुपर्ने राईको भनाई थियो । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि किराया उदयपुरका उपाध्यक्ष शुभराज राईले पहिचानको आन्दोलन सफल पार्न सवैभन्दा पहिला म कोहुँ भन्ने जानकारी राख्नुपर्ने बताउनुभयो ।
पहिचानसँगै भाषा , संस्कृतिको अध्ययन पनि आजको आवश्यकता रहेको राईको भनाई थियो । कार्यक्रममा विशेष अतिथि जसपा नेता तथा पूर्व सांसद अधिवक्ता राजकुमार राईले पनि प्रदेशको नाम कोशी नमान्ने अडान कायम रहेको बताउनुभयो । आगामी आन्दोलनमा सयौंले गिरप्mतारी दिनसक्ने भन्दै आन्दोलनमा सहभागी हुन सवैलाई आग्रह गर्नुभयो ।
त्यसैगरी जसपाका युवा नेता यज्ञकुमार राईले पनि पहिचानको आन्दोलन झन शसक्तहुँदै गएको बताउँदै सवैले यसलाई थप बलियो बनाउनुपर्ने बताउनुभयो । पक्राउ परेका दुईजना ६ दिन हिरासतमा वसी पुष १ गते जिल्ला प्रहरी कार्यालय कटारीबाट रिहा भएका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुभाष राईको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रम पश्चात कटारीको भूगोलपार्कमा साकेला नाच्दै उधौली समापन गरिएको किराया कटारीका अध्यक्ष पदम राईले बताउनुभयो ।