images
images

म्यानचेस्टर युनाइटेडकाे मैदानमा सिटीकाे प्रभावशाली जित

काठमाण्डाै – ‘इंग्लिस कारबाओ लिग कप’अन्तर्गत सेमिफाइनलको पहिलो लेगकाे खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई तीन–एक गाेल अन्तरले पराजित गरेकाे छ । युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा हात पारेकाे प्रभावशाली जितसँगै सिटीले लिग कपको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

सर्जियो अगुयुराे र ग्याब्रियल जेससलाई बेन्चमा राखेर बर्नार्डो सिल्भा र केभिन डी ब्रुयनलाई प्लेइङ सेटमा राखेका पेप गार्दिओलाको टिमले पहिलो हाफमै तीन गोल गर्न सफल भयो । १७औँ मिनेटमा सिल्भाले केल वाल्करको पासमा गोल गर्दै डिफेन्डिङ च्याम्पियनलाई अग्रता दिलाए । ३३औँ मिनेटमा मेहरेजले गोल गरे भने ३८औँ मिनेटमा सिटीले आत्मघाती गोल उपहार पायो ।

पहिलो हाफमा तीन गोलको अग्रता लिएको सिटीले गोल गर्ने अझै धेरै अवसर गुमाएको थियो । ७०औँ मिनेटमा मार्कस रासफोर्डले एक गोल गर्दै सिटीको गोल अन्तर कम गरे ।

थप गोल हुन नसक्दा सिटीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगको खेल आउँदाे जनवरी २९ मा सिटीको घरेलु मैदान इतिहास स्टेडियममा हुनेछ ।