काठमाडौँ – घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएको छ ।
नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप नगरपालिकाले वडा वडा तहबाट घरमै सुत्केरी हुने दर घटाउन अभियानकै रूपमा जोड दिएको हो । नगरपालिकाले वडा नं। ८, ९ र १४ लाई पूर्ण संस्थागत सुत्केरी भएको वडाको रुपमा घोषणा गरिसकेको छ ।
आगामी दिनमा सबै वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरी नगरपालिकालाई नै पूर्ण संस्थागत सुत्केरी स्थानीय तहको रुपमा घोषणा गर्ने योजना रहेको नगर प्रमुख धीरजशर्मा बस्यालले बताए ।