दुई दिनसम्म चल्ने सम्मेलनलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, उपप्रधानमन्त्री उपेन्द्र यादव र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सम्बोधन गर्ने छन् । सम्मेलन अघि बार भवन परिसरबाट मंगलबार बिहान प्रभातफेरी गरिएको छ । सम्मेलन तथा कार्यकारिणी बैठकमा वरिष्ठ अधिवक्ताहरु, नेपाल बारका पूर्व पदाधिकारी तथा सदस्यहरु, बार एकाईका केन्द्रीय पार्षदहरु, अध्यक्ष तथा सचिवहरु, नेपाल कानून व्यवसायी परिषदका पार्षदहरु एवं मानव अधिकार तथा जनसरोकार समितिका संयोजकलगायतको सहभागिता रहेको छ ।
कार्यक्रम सम्पन्न गर्न करिब तीस लाख रुपैयाभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको मूल आयोजक समितिका संयोजक जोगबहादुर खत्रीले बताए । सम्मेलनका लागि प्रदेश ५ सरकारले ५ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।


जनता भ्वाइस 








