काठमाडौं महानगरपालिकाले हनुमानढोकादेखि स्वयम्भूसम्म बनाउन लागेको सम्पदा पदमार्गको काम एक महिनाभित्रै सुरु हुने भएको छ ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले सम्पदा पदमार्गको गुरुयोजना बनिसकेकोले एक महिनाभित्रै निर्माण सुरु हुने बताए ।
यो पदमार्गले दुई सम्पदालाई जोड्ने भन्दै उनले पदमार्गभित्र पर्ने सडक निर्माणसँगै सत्तल, मौलिक घर, बाटो मर्मत लगायतका काम पनि सुरु गरिने बताए ।
हुनमानढोकादेखि स्वयम्भूसम्मको २.२ किलोमिटरको सडकलाई जोड्न महानगरपालिकाले आफैंले खर्च गर्न लागेको हो । महानगरपालिकाले सम्पदा पदमार्गभित्र पर्ने सडकको सबैभन्दा पहिले मर्मत गर्ने उनले बताए ।
हाल मौलिक संस्कृति झल्कने घरहरु कस्तो हुनुपर्ने र पदमार्ग पर्ने ठाउँहरुमा त्यस्तै खालको घरहरु निर्माण गर्नुपर्छ भनेर डिजाइन भइरहेको डंगोलले बताए ।
सम्पदा पदमार्ग मार्फत दुई सम्पदालाई पैदलमार्गको रुपमा विकास गर्न महानगरपालिकाले २ करोड रुपैयाँको बजेट छुट्याएको उनले बताए । उक्त सम्पदा पदमार्ग वडा नम्वर १५, १७, र १८ मा पर्छ ।
विश्वसम्पदा सूचीमा सुचीकृत स्वयम्भूदेखि हनुमान ढोकाको पदमार्गमा एउटै खालको ढुङ्गा विछ्याइने उनले बताए ।
पदर्मागमा पर्ने स्थानमा नेवारी परम्परालाई विशेष जोड दिइने भएको हो । विशेगगरी नेवारी परम्परालाई पर्यटकसँग प्रत्यक्ष जोड्न मद्धत पुर्याउने महानगरपालिकाले जनाएको छ ।
हनुमानढोकादेखि स्यम्भूसम्मको पदमार्गमा मौलिकता झकिल्ने खालको ढुंगा विछ्याइने काठमाडौं महानगरपालिकाका वडा न १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले बताए ।
हनुमानढोकादेखि स्वयम्भूसम्मको पैदलमार्गमा एउटै खालको ढुंगा विच्छाउँदै सोही बाटो पहिल्याएर हिँडे पर्यटकहरु पनि नअलमलिने भएकाले यस्तोखालको गुरुयोजना ल्याएको उनले बताए ।
वडाध्यक्ष महर्जनका अनुसार पर्यटकहरुलाई आर्कषण गर्न र मौलिक संस्कृति जोगाउनको लागि हाल डिजाइनको काम भइरहेको छ । महानगरले हेरिटेज वालको रुपमा बनाउन लागेको उक्त पदमार्गलाई अन्य सम्पदा क्षेत्रमा पनि विकास गरिने उनले बताए ।
महानगरले पर्यटकहरुले हेरिटेजको रुपमा हेरको उक्त ठाउँमा पैदल हिँड्न रुचाउने गरेकाले सम्पदामार्ग बनाउन लागेको महर्जनले बताए ।
उनका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर संस्कृतिले धनी मानिन्छ । यहाँ अझै पनि मूर्त अमूर्त कलाहरु जिवितै रहेकोले पर्यटकहरुलाई रैथानेहरुसँग परिचित गराउन पनि यो हनुमानढोकादेखि स्यम्भूसम्म सम्पदा मार्ग बनाउन लागेको महर्जनले बताए ।
उनी भन्छन् पर्यटकहरु पैदल हिँड्न रुचाँउछन यहाँबाट स्वयम्भू जान पनि राम्रो छ । त्यही भएर जतिसक्दो चाँडो काम सकाउने तयारी गरिरहेका छौं । हामीले भित्रीबाटोलाई पनि जोगाउने हिसाबले काम अघि बढाउन थालेको उनले बताए । पर्यटकहरुले हेरिटेज एरियामा पैदल हिँड्ने र सम्पदाहरुको अवलोकन गर्न रुचाउने गरेको उनले बताए ।
‘पर्यटकहरु गाडीमा भन्दा हिँडेर नै सम्पदाहरुमा पुग्न चाहन्छन्,’ वडाध्यक्ष मर्हजनले भने, ‘त्यसकारण पनि हामीले यो गुरुयोजना ल्याएका हौं । हामीले हाम्रो सम्पदाहरुको सरंक्षणमा पनि जोड दिनुपर्ने र पर्यटकहरुलाई अलि भिन्नै खालको अनुभति पनि दिनुपर्छ ।’
काठमाडौं उपत्यकाको धेरै ठाउँमा अझैपनि रैथाने बस्तीहरु रहेका छन । जहाँ पहिले जस्तै छ ।
ललितपुर महानगरपालिकाले पनि पर्यटकहरुलाई पाटनढोकादेखि पाटनसम्म भित्री सडक भएर पैदल मार्फत घुम्न बढी जोड दिने गरेको पाइन्न । यसले हाम्रो देशको मूल सम्पदाहरुलाई नजिकबाट नियाल्न मद्धत गर्छ ।
काठमाडौं महानगरपालिकाले सम्पदा पदमार्ग निर्माणको लागि महानगरको वार्षिक नीति तथा बजेटमा समेत समावेश गरिएको थियो ।