चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत र चीनबीचको रणनीतिक साझेदारी ‘टु प्लस वान’को अवधारणाअघि सारेको भन्दै सो अवधारण उपयुक्त नलागेको उनले बताए ।
‘टु भनेको विशेष अधिकार प्राप्त र वान भनेको जोडिएको समान्य भने जस्तो अर्थ हुन्छ । टु प्लस वान होइन, थ्री हुँदा मात्र तीन सार्वभौम देशको समान हैसियत हुन्छ । दुई प्लस एक भन्दा नेपाललाई असहजताको अवस्था सिर्जना हुन्छ ।’
आफूले प्रधानमन्त्री भएकै बेला त्रिदेशीय साझेदारीको प्रस्ताव गरेको प्रचण्डले बताए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालले चीन र भारतसँग त्रिदेशीय साझेदारीको रणनीति लिएक बताउँदै आएका छन् ।
यस्तै नेपालीले प्रो चाइनिज, प्रो अमेरिकन र प्रो इन्डियन नभइ प्रो नेपाली बन्नु पर्ने प्रचण्डको भनाइ थियो ।
यस्तै प्रचण्डले लिपुलेकबारे भारत र चीनले गरेको समझदारीप्रति आफूले त्यतिबेलै औपचारिक असहमति जनाएको बताए ।
नेपाल, भारत र चीनको साझेदारीबारे पछिल्लो समय बहसको विषय बनेको ‘टु प्लस वान’को अवधारण उपयुक्त नभएको उनको तर्क छ ।
प्रचण्डले चीन र भारतसँग त्रिदेशीय रणनीतिक साझेदारी चाहेको बताए । त्रिदेशीय साझेदारीको सम्भावनाबारे चीन र भारतसँग सकारात्मक छलफल हुन थालेको प्रचण्डको दाबी छ ।
नेपाल–चाइना मिडिया फोरमले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले यतिबेला कुनै उत्तेजना र आवेगमा नभइ सीमा समस्याको समाधानतिर लग्नुपर्नेमा जोड दिए ।