images
images

सव-इन्जिनियर सन्दिप पौडल र जे.सि.भी. चालक बिक्रम बस्नेतउपर आरोपपत्र दायर।

काठमाण्डौ । शिक्षा विकास निर्देशनालय प्रदेश नं. ५ बुटवल रुपन्देहीमा कार्यरत सव-इन्जिनियर सन्दिप पौडेलले विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ता वापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक-पटक घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले निज सन्दिप पौडेल र रकम लिन मतियारको रुपमा प्रयोग गरेका जे.सि.भी. चालक बिक्रम बस्नेतले सेवाग्राहीबाट एक लाख बीस हजार घुस लिईसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

शिक्षा विकास निर्देशनालय प्रदेश नं. ५ वुटवल, रुपन्देहीमा कार्यरत सव-इन्जिनियर सन्दिप पौडलले श्री प्रभाकर मा.वि. को भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्तावापतको रकम निकासा गरी दिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख बीस हजार माग गरी जे.सि.भी. चालक बिक्रम बस्नेतलाई लिन पठाई सेवाग्राहीबाट उक्त घुस रकम लिइसकेको अवस्थामा निज जे.सि.भी. चालक बिक्रम बस्नेतबाट घुस रकम बरामद भएको अनुसन्धानबाट खुल्न आएकोले आरोपीहरु मध्ये सव-इन्जिनिर सन्दिप पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र अर्का आरोपी जे.सि.भी. चालक बिक्रम बस्नेतलाई सोही ऐनको दफा ३ को उपदफा (२) बमोजिम कसुर गरेको देखिंदा विगो एक लाख बीस हजार कायम गरी आरोपी सन्दिप पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम तथा बिक्रम बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३  को उपदफा (२) मा उल्लेख भए अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) खण्ड (घ) बमोजिम सजायको मागदाबी गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियार जनाएको छ ।