images
images

आईसीसी महिला विश्वकप अन्तर्गत, नेपाल चीनविरुद्ध टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी महिला विश्वकप अन्तर्गत एशिया छनोटमा नेपाल चीनविरुद्ध टस जितेर ब्याटिङ गर्दैछ । चीनले टस जितेर फिल्डीङ रोजेको छ ।

तीन खेलमा जित र १ मा हार ब्यहोरेको नेपाल जितको लक्ष्यसहित ब्याटिङ गरिरहेको छ । टेडथाइ क्रिकेट मैदानमा नेपालले ७ ओभरको समाप्तीमा २६ रन बनाएको छ । उपकप्तान सिता रानामगर र काजल श्रेष्ठले नेपालको इनिङस सम्हालिरहेका छन् । सिता ९ तथा काजल १३ रन बनाउँदै क्रिजमा छन् । शिर्ष स्थानमा रहँदै छनोट हुने झिनो सम्भावना राखेको नेपालले मलेशिया, युएई र हङकङमाथि जित दर्ता गरेको छ भने घरेलु टोली थाइल्याण्डसँग हार ब्यहोरेको छ ।

 ५ खेलबाट पाँचैमा जित दर्ता गरेको थाइल्याण्ड १० अंकसहित शिर्ष स्थानमा छ । ४ खेलमा जित र १ मा हार ब्यहोरेको युएई ८ अंकसहित दोस्रो, चीन ६ अंकसहित तेस्रो तथा नेपाल ६ अंकसहित चौथो स्थानमा छ । नेपालले अन्तिम खेल १५ गते कुवेतसँग खेल्नेछ । शिर्ष स्थानमा रहने टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।