(रोमा एजेन्सी) काठमाण्डौ बैशाख २०, रोमालाई समग्रमा ७-६ ले पराजित गर्दै लिभरपुलले च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । बुधबार राति भएको सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा इटालियन क्लब रोमासँग ४ २ ले पराजित भए पनि लिभरपुल समग्रमा ७-६ को जितसहित फाइनलमा स्थान बनाउन सफल भएको हो ।
पहिलो लेगमा ५-२ को अग्रता लिएको लिभरपुल दोस्रो लेगमा ४-२ ले पराजित भएको हो । यो लिभरपुलको प्रतियोगितामा पहिलो पराजय हो । अब उपाधिका लागि लिभरपुलले रियल म्याड्रिडको सामना गर्नेछ । रियलले बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल युकारेनको राजधानी किभमा २६ मेमा हुँदैछ ।
लिभरपुल पछिल्लो ११ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । यस अघि सन् २००७ मा उसले फाइनल खेलेको थियो । क्वाटरफाइनलमा बार्सिलोनामाथि शानदार पुनरागमन गर्दै सेमिफाइनल यात्रा गरेको रोमाले बुधबार रातिको खेलमा पनि त्यस्तै पुनरागमन गर्ने संकेत गरेको थियो । तर त्यो अन्तिममा आएर सफल हुन सकेन ।


जनता भ्वाइस 







