images
images

जर्मनी ब्राजिलसँग पराजित

काठमाण्डौ । विश्व विजेता जर्मनीलाई सन् २०१४ को विश्वकप आयोजक राष्ट्र ब्राजिलले पराजित गरेको छ । सन् २०१४ को विश्वकपको सेमिफाइलनमा ७–१ को फराकिलो हारको पीडा भुल्ने प्रयास गरिरहेको ब्राजिलले ग्याब्रियल जिसुसको एक मात्र गोलमा जर्मनीलाई पराजित गरेको हो ।

रसियामा हुने विश्वपकको तयारीका लागि भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भिडन्तमा म्यानचेस्टर सिटीका स्ट्राइकर ग्याब्रियल जिसुसले खेलको ३७ औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।

नेइमार घाइते भएपछि ब्राजिलको आक्रमणको जिम्मा जिसुसले पाएका हुन् । जर्मनीले ब्राजिलविरुद्ध सिर्जना गरेका अवसरलाई गोलमा परिणत गर्न नसक्दा हार ब्यहोर्न बाध्य भयो ।